spot_img
spot_img
spot_img

भूकम्पको पाँच दिनपछि टर्कीमा सिंगो परिवारको उद्धार

spot_img

एजेन्सी ।
भूकम्प गएको पाँच दिनपछि एउटा सिंगो परिवारलाई जिउँदै उद्धार गरिएको छ । टर्कीको हंटे प्रान्तको भग्नावशेषवाट ६ जनाको परिवारलाई पाँच दिन पछि उद्धार गरिएको हो । उनीहरुको अहिले स्थानिय अस्पतालमा उपचार भईरहेको टर्कीका सञ्चारमाध्यमले जनाएका छन । उता, भूकम्प गएको चार दिनपछि चमात्कारिक रुपमा १० दिनको बच्चासहित उनको आमालाई जिउँदै उद्धार गरिएको छ ।
यागिज उल्स नामको १० दिनको बच्चालाई हाटेस्थित एउटा क्षतिग्रस्त भवनबाट आमासहित उद्धार गरिएको हो । उद्धारकर्मीहरुले विस्तारै विस्तारै भग्नावशेषवाट आमा छोरालाई उद्धार गर्ने बितिक्कै थर्मल कम्बलमा बेरेका थिए भने आफैसँग रहेका स्वास्थ्यकर्मीहरुलाई हस्तान्तरण गरेका थिए । चार दिनपछि जिउँदै फेला परेकी आमा होसमा भएपनि बोल्न सक्ने अवस्थामा थिइनन् ।

उनीहरुको अहिले समंदागस्थित एक अस्पतालमा दुवै जनाको उपचार भइरहेको छ । टर्की र सिरियामा गएको ७।८ रेक्टरको भूकम्पमा परी अहिलेसम्म १८ हजार भन्दा बढीको ज्यान गएको छ । विश्व स्वास्थ्य संगठनले भूकम्पमा ज्यान गुमाउनेको संख्या २० हजार भन्दा बढी हुन सक्ने भएकाले विश्वभरीबाट आपतकालिन उद्धार र राहातका लागि अनुरोध गरेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img