देवदह // रुपन्देहीको देवदह नगरपालिकामा योजना तर्जुमा सम्बन्धि २ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ। उक्त कार्यशाला गोष्ठी देवदह नगरपालिकाको आयोजना र स्कोलर नेपाल प्रालिको प्राबिधिक सहयोग तथा सहजीकरणमा भएको हो।
कार्यशालामा प्राविधिक सहयोग प्रदान गरिरहेको संस्थाको तर्फबाटनगरपालिकाको समस्याको पहिचान, समाधानका उपाय र संभावनाको पहिचान र उपयोगका बारेमा जानकारी प्रदान गरिएको थियो। विकास निर्माणमा स्थानीय तहको सरकारको काम महत्वपूर्ण रहने भएकाले संभावना खोजेर योजना निर्माण गर्न आवश्यक रहेको बताईएको थियो। योजना निर्माण गर्दा प्राथमिकरण गरेर विकास निर्माणका योजना अगाडि सार्नुपर्नेमा जोड दिएका थिए। साथै विकास निर्माणको काम गर्नु भन्दा पहिला दीर्घकालिन सोच बनाउन आवश्यक रहेको बताएका थिए।
कार्यक्रममा आबधिक योजनाका अवधी आगामी ५ बर्षमा संचालन गरिने कार्यक्रमको चयन तथा प्रथमिकिकरण र नगर गौरवका योजनाबारे समुहगत छलफल गराईएको थियो। कार्यक्रमको सहजीकरण प्राविधिक सहयोगी संस्थाका योजनाविध जगनाथ अधिकारी, योजनाविध केशव कुमार आचार्य, भौतिक योजना विध विशाल ज्ञवाली र समाज शास्त्री महेन्द्र खनालले सहजीकरण गर्नु भएको थियो।