spot_img
spot_img
spot_img

नवौ नेशनल प्याब्सन खेलकुद महोत्सवको उपाधि सैनामैनालाई

spot_img

झविन्द्र देवकोटा, बुटवल ।

बुटवलमा भएको नवौ नेशनल प्याब्सन खेलकुद महोत्सवको उपाधि सैनामैनाको सुनगाभा पब्लिक माबिले जितेको छ । विभिन्न खेल इभेन्टबाट १३१ अंक पाएको सुनगाभाले उपाधी लगेको हो । शनिबार र आइतबार गरि दुई दिन भएको खेलकुद महोत्सवमा देवदहको सगरमाथा आवासिय माविलाई ३५ अंकले पछाडिपार्दै सुनगाभाले जित निश्चित गरेको हो। उपाधि सङै सुनगाभाले शिल्ड मेडल तथा प्रमाण पत्र प्राप्त गरेको छ । खेलकुद महोत्सवमा ९६ अंक पाएको सगरमाथाले द्वितीय स्थान हात पारेको छ । द्वितीय भएको सगरमाथाले शिल्ड मेडल तथा प्रमाण पत्र प्राप्त गर्यो । यस्तै बुटवलको स्कलर्स होम बोर्डिङ स्कुल तृतीय बन्यो । ६९ अंक प्राप्त गरी तृतीय बनेको स्कलर्स होमले पनि शिल्ड मेडल तथा प्रमाण पत्र प्राप्त गर्यो ।

बिजयी विद्यालय तथा विद्यार्थी पुरस्कार बितरण गर्दै नेशनल प्याब्सनका केन्द्रिय सल्लाहकार राजु गुरुङ्गले सस्थागत विद्यालयले खेलकुदको क्षेत्रमा ठूलो जनशक्ति उत्पादन गरेको उल्लेख गर्दै राज्यले यसको मुल्यांकन गर्नु पर्ने सुझाव दिनु भयो। उहाले सामुदायिक र सस्थागत विद्यालयप्रती गर्ने दोहोरो ब्यवहारको अन्त्यगर्न जोडदिदै बिजयी तथा उत्कृष्ट खेलाडी विद्यार्थीलाई बधाई तथा शुभकामना दिनुभयो। निजी तथा आवासिय विद्यालय एशोसियनशन नेपाल (नेशनल प्याब्सन) का रुपन्देही अध्यक्ष पुरुषोत्तम बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रिय सदस्य देउप्रकाश राई, बालाकृष्ण तिवारी, प्रदेश सहसचिव जेबी क्षेत्री, जिल्ला उपाध्यक्ष बिल गुरुङ, कोषाध्यक्ष अमरनाथ पाठक, कालिका मानव ज्ञान माबिका लोकराज घिमिरे, खेलकुद महोत्सव कार्यक्रम संयोजक बिनोद थापा मगर लगायतले बिजय विद्यार्थी तथा विद्यालयलाई बधाई तथा शुभकामना दिनुभएको थियो।

दुईदिन चलेको खेलकुद कार्यक्रममा नेशनल प्याब्सनसँग आवद्ध ५७ विद्यालयबाट छनोटमा परेका २९ विद्यालयका १२ सयबढी विद्यार्थीमा सव जुनियरतर्फ २३२ जना, जुनियरतर्फ ३९२ र सिनियरतर्फ ५४० विद्यार्थीले ४० इभेन्टमा प्रतिस्प्रर्धा गरेको नेशनल प्याब्सनका सचिब बाबुराम बन्जाडेले जानकारी दिनुभयो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img