spot_img
spot_img
spot_img

रुपन्देही सुपर लिगमा साई ग्लोबल एकेडेमी विजयी

spot_img

भैरहवा।

नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘बी’को आज भएको खेलमा साई ग्लोबल एकेडेमी विजयी भएको छ । साई ग्लोबलले गोलपार्क क्रिकेट क्लबलाई ३८ रनले पराजित गर्दै जित निकाल्न सफल भएको हो । सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको साई ग्लोबल निर्धारित ३८ ओभरको खेलमा ३३.४ ओभरमा सबै विकेट गुमाएर १ सय १२ रनको योगफल बनायो ।
जवाफी ब्याटिङ गरेको गोलपार्क १७ ओभरमा सबै विकेट गुमाउँदै ७४ रनमै समेटिएको थियो । साई ग्लोबलका आरिफ खान म्यान अफ द म्याच भइ १ हजार रुपैयाँबाट पुरस्कृत भए । रुपन्देही क्रिकेट संघको आयोजनामा सुरु भएको प्रतियोगितामा ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टीमको सहभागिता रहेको छ । प्रतियोगितामा विजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img