देवदह // देवदह बुद्धपब्लिक आवासीय माध्यमिक विद्यालय देवदह ५ ले सप्ताहव्यापी कार्यक्रम गरी २१ औ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाउने भएको छ । विद्यालयले पत्रकार सम्मेलनको आयोजना गरी सप्ताहव्यापी कार्यक्रम गरी बार्षिकोत्सव मनाउने जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद गैरेले यही फागुन ३ गते जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको जानकारी दिनु भयो । विद्यालयले हरेक बर्ष कार्षिकोत्सवको अवसर पारेर कार्यक्रम गरेपनि विगत २ बर्ष कोडिभका कारण गर्न नसकिएको बताउदै यस बर्ष सप्ताहव्यापी कार्यक्रम गरी मनाउन लागेको जानकारी दिनु भयो । हाजिरी जवाफ प्रतियोगिताका विजेतालाई नगद सहित सम्मान गर्ने जानकारी दिनु भयो । प्रतियोगिताामा प्रथम हुने विद्यालयले नगद १० हजार, द्धितिय हुनेले नगद ७ हजार र तृतिय हुनेले नगद ५ हजार प्राप्त गर्ने प्रिन्सिपल गैरेले जानकारी दिनु भयो ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत फागुन ४ गते विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले तयार गरेको खाना महोत्सव, सोही अभिभावकहरुबीच खेलकुदको आयोजना गरेको बताउनु भयो । बार्षिकोत्सवको अवसरमा अभिभावकहरुबीच भलिबल र महिला अभिभावक बीच कुर्ची दौड प्रतियोगिता आयोजना गरेको गैरेले जानकारी दिनु भयो ।
यसैगरी फागुन ४ गते नै स्वास्थ्य शिविरको समेत आयोजना गरेको जानकारी दिनु भयो । स्वास्थ्य शिविर अन्र्तगत दात, आखा र मधुमेह रोगको परिक्षण गरिने गैरेले जानकारी दिनु भयो ।
यसैगरी बार्षिकोत्सवको अवसरमा शिक्षक र विद्यार्थीहरुलाई दीर्घ सेवाबाट सम्मान गर्ने जानकारी दिनु भयो । यसैगरी फागुन ५ गते विद्यार्थीहरुलाई शैक्षिक पुरस्कार वितरण तथा एसईईमा ३.६ जिपिए ल्याउने विद्यार्थीहरुलाई नगद ५ हजार सहित सम्मान गर्ने प्रिन्सिपल गैरेले जानकारी दिनु भयो । फागुन ६ गते मूल कार्यक्रमको आयोजना गरी बार्षिकोतसव मनाउने गैरेले जानकारी दिनु भयो ।
विद्यालयका सहायक प्रिन्सिपल नारायणप्रसाद गौडेलको स्वागत शिक्षक अनन्त भण्डारीको संचालनमा भएको पत्रकार भेटघाट कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकिशन अधिकारी लगायतको सहभागिता रहेको थियो ।