spot_img
spot_img
spot_img

रुपन्देहीको गैडहवामा चौथो गैडहवा रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

spot_img

गैडहवा ।
रुपन्देहीको गैडहवा गाँउपालिकामा चौथो गैडहवा राष्ट्पति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ। स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ गैडहवा गाउँपालिकामा पालिकास्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७९ शुरु भएको हो। गैडहवा गाउँपालिका वडा न ६ मा रहेको सुर्यपुरा बहुमुखी क्याम्पसको खेलमैदानमा शुरू भएको प्रतियोगिताको शुभारम्भ रुपन्देही क्षेत्र नं ५ का प्रतिनीधि सभा सदस्य बासुदेव घिमिरेले गर्नुभएको थियो। प्रतियोगिताको शुभारम्भ गर्दै प्रतिनीधि सभा सदस्य घिमिरेले पालिका स्तरमा आयोजना हुने प्रतियोगितात्मक खेलले खेलाडीको पहिचान र राष्ट्रिय एवम अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादनमा टेवा पुर्याउने बताउनुभयो।

खेलले खेलाडी उत्पादनमा मात्र नगरि शारीरिक स्वास्थ्यका लागि पनि महत्त्वपूर्ण भुमिका खेल्ने बताउदै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका प्रतिनीधि ससभा सदस्य घिमिरेले फरक प्रसंगमा आफ्नो निर्वाचन क्षेत्रमा कृषिको लागि मलखाद र गौसाला निर्माणको लागि आफू लागि परेको बताउनु भयो।  कार्यक्रका विशिष्ट अतिथि तथा लुम्बिनी प्रदेश सांसद भुमिश्वर ढकालले प्रतियोगिता हार र जितको मुल्यांकन मात्र नभई आपसी एकता, समन्वय र सहकार्यको भावनाको बिकास गर्ने महत्वपुर्ण माध्यम समेत भएको उल्लेख गर्नु भयो। समय समयमा हुने विभिन्न प्रतियोगिताहरुबाट खेलाडीहरूमा रहेको प्रतिभा उजागर गर्ने भएकोले विगत देखि नै रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको आयोजना गर्दै आएको बताउनुभयो।

गैडहवा गाउँपालिकाका निवर्तमान अध्यक्ष बच्चुलाल केवट, वडा नं ५ का वडा अध्यक्ष बिजय शर्मा, वडा नं ९ का वडाअध्यक्ष मिना थापा लगायत विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले शुभकामना मन्तव्य व्यक्त गर्दै खेलकुदमा उत्कृष्ट खेल प्रदर्शन गर्न खेलाडीलाई शुभकामना दिनु भएको थियो। वक्ताहरुले पालिकास्तरिय प्रतियोगिताबाट छनौट हुने खेलाडीहरुले जिल्ला स्तरीय खेलकुद प्रतियोगितामा समेत सहभागी जनाउन सक्ने गरी आफ्नो खेल प्रदर्शन गर्न आग्रह गर्नुभएको थियो। गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताबाट बिद्यार्थीहरुको खेलकुद बिकासमा सकारात्मक टेवा पुग्ने बताउदै गाउँपालिकाको गौरवको आयोजनाको रुपमा रहेका गैडहवाताल, यशोधरा पार्क, गौसला लगायत विभिन्न योजनाहरुलाई प्राथमिकताको आधारमा अगाडी बढाइरहेको बताउनुभयो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण पन्थीलेले कार्यक्रममा स्वागत भएको कार्यक्रममा शिक्षा शाखा प्रमुख माधव पौडेलले सञ्चालन गर्नु भएको थियो। पालिका स्तरिय रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा गैडहवाका सामुदायिक, संस्थागत र धार्मिक बिद्यालय मदरसा समेत गरी ५० बिद्यालयका बिधार्थीहरुले बिभिन्न बिधाहरुमा आफ्नो खेल प्रदर्शन गर्ने छन।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img