कञ्चन ।
आज १४६औं प्रथम शहिद लखन थापा मगर स्मृति दिवस । देश भर प्रथम शहिद लखन थापा मगरको स्मृतिमा विविध कार्यक्रम गरी मनाईएको छ । विसं १९३३मा राणा शासनका विरुद्ध गतिविधि सञ्चालन गरेको आरोपमा थापालाई फाँसी दिइएको थियो। गोर्खाको बुङ्गकोटमा बि.स १८९१ मा जन्मिएका क्या लखन थापालाई नेपाल सरकारले २०७२ मा प्रथम शहिदको रुपमा घोषणा गरेको थियो। प्रथम शहिद लखन थापा मगर संगै तत्कालिन राणा प्रधानमन्त्री जङ्ग बहादुर राणाले लखन थापाका सहयोद्धा जयसिंह चुमी मगरलाई समेत झुण्ड्याइएर फाँसी दिइएको थियो। प्रथम शहिद लखन थापा मगर अक्षय कोष, बुटवल तथा नेपाल मगर संघ रुपन्देहीको संयुक्त आयोजनामा आज बुटवलको चौराहमा रहेको लखन थापको शालिक माल्याणर्पण गरी बिशेष कार्यक्रम गरिएको छ ।
नेपाल मगर संघ केन्द्रिय समितिको माघ २९ गते बसेको बैठकले प्रथम शहिद लखन थापा मगरलाई राष्ट्रिय विभुतिको मान्तयता दिनका लागि संघका सबै मातहतका समितिहरुलाई कार्यक्रमको आयोजना गर्न आग्रह गर्दै पत्राचार गरेको थियो । आज देशभर संचालन गरिने कार्यक्रममा प्रथम शहिद लखन थापा मगरलाई राष्ट्रिय विभुति घोषणा गर्नुपर्ने, लखन थापाबारे थप ऐतिहासिक खोज अनुसन्धान, अध्ययनका लागि सरकारी प्रतिस्थानको गठन गरिनु पर्ने, नेपालको शहिदहरुको नामहरुको पहिलो सूचीमा प्रथम शहिद लखन थापा मगरको तस्विर रादिनु पर्ने, लखन थापाबारे तयार गरिएका जिवनीलाई बिद्यालय, विश्व बिद्यालयहरुके पाठ्यक्रममा समावेश गरिनु पर्ने लगायत संघले उठाएका मुद्धाहरुलाई समावेश गरी सबै मातहतका समिति मार्फत आआफ्नो स्थानिय तह, प्रदेश, जिल्ला र संघमा आवाज उठाउन आग्रह गरिएको छ।