spot_img
spot_img
spot_img

लिट्ल वर्डस्मा एक दिने आधारभूत बिमा तालिम कार्यक्रम सम्पन्न

spot_img

विनोद केसी, रुपन्देही ।
रुपन्देहीको सैनामैना २, रानिवगैचामा अवस्थित लिट्ल वर्डस् इङ्गलिस स्कुलमा सोमवार ११ र १२ का विद्यार्थीहरुलाई एक दिने आधारभूत बिमा तालिम कार्यक्रम सम्पन्न भएको छ । तालिममा प्रशिक्षार्थीहरुलाई सम्बोधन गर्दै आईएमई जीवन बिमा लुम्बिनी प्रदेश इन्चार्ज तथा कार्यक्रमका प्रमुख आतिथी प्रेम तिमिल्सिनाले विद्यालयले आफुहरुलाई विद्यार्थीमाझ जीवन बिमाको बारेमा आफ्ना अनुभव आदान प्रदान गर्ने अवसर प्रदान गरेकोमा खुशि व्यक्त गर्नुभयो ।अनुभवबाट नै व्यवहारिक ज्ञान हासिल गर्न सकिने समेत तिमिल्सिनाले बताउनु भयो । कार्यक्रमको अध्यक्षता गर्दै विद्यालयका प्रधानाध्यापक श्रवण कुमार गौतमले विद्यालयले विद्यार्थीहरुको शैक्षिक तथा व्यवहारिक ज्ञान, सिप अभिवृद्धि गर्ने तालिमहरु आफ्नो विद्यालयको सधै प्राथमिकतामा रहेको समेत बताउनुभयो ।

कार्यक्रममा मुर्गिया शाखा प्रमुख विन्दु बस्याल, लिट्ल वर्डस् इङ्गलिस स्कुलका सहायक प्रधानाध्यापक शुरेस पौडेल, संयोजक शुसिल पाण्डे, विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक अनिश भण्डारी, शिक्षकद्वय प्रकाश भट्टराई तथा गणेश अधिकारी लगायतको आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा करिब दुई घण्टा तालिम दिदै मुख्य प्रशिक्षक आइ एम इ जीवन बिमा एरिया शाखा प्रमुख राजेन्द्र पन्थीले जीवन बिमा र त्यसको महत्व तथा प्रभावको बारेमा विस्तृत जानकारी दिनुभएको थियो । विद्यालयका सहायक प्रधानाध्यापक सुरेश पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रममा शिक्षक विनोद केसीले कार्यक्रम सञ्चालन गर्नुभएको हो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img