spot_img
spot_img
spot_img

विद्यार्थीको शारीरिक र खेलकुद विकासमा महत्त्व राख्छ :पुर्वमन्त्री बिष्ट

spot_img

कौरब खत्री, गुल्मी ।

गुल्मीको मुसिकोट नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा पाँचौ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गरिएको छ । खेलकुद प्रतियोगिताको उद्घाटन समारोहलाई सम्वोधन गर्दै पुर्वमन्त्री तथा गुल्मी क्षेत्र न २ का संघीय सासद माननीय गोकर्णराज विष्टले विद्यार्थीहरूको शारीरिक र खेलकुद विकासको लागि प्रतियोगिताले महत्त्व राख्ने बताउनुभयो । प्रमुख अतिथि समेत रहनु भएका बिष्टले खेलकुद देशको पहिचान भएको उल्लेख गर्दै खेलकुद प्रतिस्पर्धाको लागि मात्र नभई आयआर्जन र रोजगारी सिर्जना गर्ने र शारीरिक शुसंगठनको लागि पनि खेल आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका अध्यक्ष दोण खत्री, मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवलाल खरेल (जीवन), जिल्ला खेलकुद विकास समिति गुल्मीका अध्यक्ष गिरि प्रसाद महाकिम लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । त्यस्तै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको पहिलो दिन मार्च पास १ सय, मिटर दौड, पुरूष भलिबल, कराँते प्रतियोगिता, लगायतका खेल सञ्चालन भएका थिए । फागुन ५ गते शुक्रबारसम्म सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्र छात्रा भलिबल, कपर्दी, लामो तथा छोटो दौड, सटपुट, उसु, हाइजम्प, लङजम्प, त्रिपल जम्प लगायतका खेलकुद सञ्चालन हुने नगर खेलकुद विकास समिति सदस्य बिष्णु प्रसाद खरेलले जनाउनु भएको छ ।

जिल्ला समन्वय समिति गुल्मीका उपाध्यक्ष तेजिन्द्र सलामी मगर, मुसिकोट नगर उपप्रमुख गङा श्रेष्ठ, प्रमुख प्रशाशकीय अधिकृत बिनोद कुँवर, मुसिकोट नगरपालिकाका पूर्व मेयर सोमनाथ सापकोटा, पूर्व उपमेयर कमला शर्मा, ,सदस्य सावित्रा भण्डारी लगायत विभिन्न वडाका वडाध्यक्षहरु, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक एवम् शिक्षक, विद्यार्थी लागयतको उपस्थिति रहेको र्काक्रममा राष्ट्रिय कलाकार पुर्सोतम न्यौपानेले साङगितिक प्रस्तुती राख्नुभएको थियो ।
मुसिकोट नगरपालिका नगर खेलकुद विकास समिति अध्यक्ष सन्दिप खत्री क्षेत्रको अध्यक्षता तथा मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद कुवँरले स्वागत गर्नु भएको खेलकुद प्रतियोगिताको उद्घाटन सत्रकोे कार्यक्रम मुसिकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रकाश नेपालीले सञ्चालन गर्नु भएको थियो । खेलकुद प्रतियोगिता मुसिकोट नगरपालिका ४ ग्वादीकाचौर खेलमैदानमा सञ्चालन भइरहेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img