५ फागुन, काठमाण्डौ ।
पृथ्वी जयन्ती र जनयुद्ध दिवसको सार्वजनिक बिदा क्यालेन्डरमै समावेश गर्ने सरकारले निर्णय गरेको छ। हिजो बसेको मन्त्रिपरिषद् बैठकको निर्णय आज सार्वजनिक गर्दै यसबारे जानकारी गराईएको हो । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले यसअघि सरकारले दिएका बिदामा पुस २७ गते पृथ्वी जयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा थप्ने निर्णय भएको जानकारी दिनुभएको छ। साथै मन्त्रिपरिषद्ले विदा व्यवस्थित गर्ने निर्णय गरेको पनि मन्त्री शर्माले जानकारी दिनुभयो।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??