काठमाण्डौ ।
ग्यास लिक भएर आगलागी हुँदा गम्भीर घाइते हुनुभएका सांसद चन्द्र भण्डारीको दुवै खुट्टाको शल्यक्रिया सम्पन्न भएको छ। भारतको मुम्बईमा रहेको नेशनल बर्न्स सेन्टरमा उहाँको उपचार भईरहेको छ । भण्डारीको अवस्था सामान्य रहेको छ। अब दोस्रो शल्यक्रिया गर्ने वा नगर्ने भन्ने कुरा अब्जर्भेशनपछि मात्र निर्णय हुने उहाँले बताउनुभयो । भण्डारीको उपचारमा खटिएका डाक्टरहरूका अनुसार उहाँको हृदयको चाल पनि सामान्य रहेको र एन्टिबायोटिक्स निरन्तर दिइरहेको बताईएको छ ।
बुधवार राति काठमाण्डौमा रहेको घरमा ग्यास चुहिएर भएको आगलागीमा परि गम्भीर घाइते बन्नुभएका भण्डारीलाई उपचारका लागि हिजो बिहीवार एअर एम्बुलेन्समार्फत मुम्बई लगिएको हो । त्यही घटनामा जलेर गम्भीर घाइते भण्डारीकी आमा हरिकला भण्डारीको हिजो बिहान निधन भएको थियो ।