spot_img
spot_img
spot_img

देवदह बुद्ध पव्लिक आवासीय माध्यमिक विद्यालयको २१ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

spot_img

देवदह । देवदह बुद्ध पव्लिक आवासीय माध्यमिक विद्यालय देवदह–५, को २१ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकिशन अधिकारीको अध्यक्षता र देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेलको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

सो अवसरमा बोल्दै नगर प्रमुख खरेलले शिक्षालाई संस्कार र सीप संग जोड्न आवश्यक रहेको बताउनु भयो । उहाले अवका दिनमा व्यवसायीक शिक्षा आवश्यक रहेको बताउदै संस्थागत विद्यालयले पनि प्राविधिक शिक्षालाई विशेष जोड दिनु पर्ने बताउनु भयो। उहाले प्राविधिक शिक्षाले मात्र स्वरोजगार सृजना गर्ने र स्वरोजागर शिक्षाले मात्र युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न सकिने बताउनु भयो। नगर प्रमुख खरेलले शिक्षामा विभेद गर्न नहुने बताउदै देवदह नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयलाई समान दृष्टिकोणले हेर्ने गरेको दावी गर्नु भयो। उहाले शिक्षाको विकासमा निजी शैक्षिक संस्थाहरुको महत्वपूर्ण योगदान रहेको बताउदै गुणस्तर शिक्षाको लागि सामुदायिक र संस्थागत विद्यालय वीच समन्वय, सहकार्य गर्न आवश्यक रहेको औल्याउनु भयो। उहाले शिक्षामा एकरुपता ल्याउनको लागि नगरपालिकाले विभिन्न कार्यक्रम ल्याउन लागेको बताउनु भयो। उहाले दक्ष जनशक्ति उत्पादन गर्नको लागि गुणस्तर शिक्षा आवश्यक रहेकोले सम्पूर्ण विद्यालयहरु सोही अनुसार अगाडि बढ्न आग्रह गर्नु भयो।

कार्यक्रममा हिसान रुपन्देहीका अध्यक्ष दिनेश भषाल, देवदह नगरपालिका–३, का वडाअध्यक्ष यज्ञप्रसाद अर्याल, नेपाल प्राध्यापक संघका मित्रलाल न्यौपाने, प्याव्सन रुपन्देहीका बरिष्ठ उपाध्यक्ष एकनारायाण् काफ्ले, प्याव्सन देवदहका सल्लाहकार संयोजक बोधराज गौडेल, प्याव्सन देवदहका अध्यक्ष रामबहादुर गुरुङ्ग, विद्यालयका पुर्वअध्यक्ष चक्रपानी तिवारी, महामाया भवानी माध्यमिक विद्यालयका प्रार्चाय ऋषिश्वर अर्याल लगायतले आ–आफना भनाई राख्नु भएको थियो। कार्यक्रममा ३.२५ जिपीए भन्दा बढि ल्याउने विद्यार्थीहरुलाई नगद सहित सम्मान गरिएको थियो। यसैगरी विद्यार्थीहरुलाई शैक्षिक पुरस्कार तथा विद्यालयको बार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजेताहरुलाई पुरस्कृति गरिएको विद्यालयले जनाएको छ। यसैगरी विद्यालयमा अध्यापनरत उत्कृष्ट शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो।

कार्यक्रममा विद्यालयका प्रार्चाय कृष्णप्रसाद गैरेले विद्यालयको शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष हरिप्रसाद ढुंगानाको स्वागत र शिक्षक अनन्तराम भण्डारी र कबिता न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img