देवदह // रुपन्देहीको देवदह नगरपालिका २, ढेकावरमा जिल्ला स्तरीय कराते प्रतियोगिता सुरु भएको छ। ढेकावर सितोरियो कराते डोजोको आयोजना र देवदह नगरपालिका २ वडा कार्यालयको सहयोगमा उक्त प्रतियोगिता सुरु भएको हो।
कार्यक्रमको उद्घाटन गर्दै देवदह नगरपालिकाको नगर प्रमुख ध्रुब प्रसाद खरेलले खेलकुद मानव जिवनको महत्त्वपूर्ण अङ्ग रहेको र यदि खेलकुदको क्षेत्र नहुने हो भने विकास पनि अधुरो रहने बताउनुभयो। उहाँले खेललाई व्यवसायीक बनाउन सकेमात्र आर्थिक बिकास गर्न सकिने बताउनु भयो। उहाँले कराते खेल आत्मरक्षाका निम्ति पनि महत्त्वपूर्ण रहेको र यसले मानिसको साररिक रुपमा पनि अत्यन्तै प्रभावकारी भुमिका निर्वाह गर्ने बताउनुभयो।
सोही अवसरमा देवदह नगरपालिका वडा नं २ का वडा अध्यक्ष दल बहादुर राकस्कोटी, समाजसेवी यज्ञ न्यौपाने दिपक लगाएतले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो।
कार्यक्रम ढेकावार सितोरियो कराते डोजोका अध्यक्ष मिलन गुरुङ्गको अध्यक्षता र दिपक पौडेलको सञ्चालनमा भएको थियो। प्रतियोगिता फागुन ६ र ७ गरि दुई दिन देवदह २ को वडा कार्यालय अगाडि चल्ने आयोजकले जनाएको छ।