काठमाण्डौ ।
भारत सरकारले दुई सय वटा मिर्गौला डायलासिस मेसिन नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । सोमबार आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा एक समारोहका बीच स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीलाई नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले मेसिन हस्तान्तरण गर्नुभयो । समारोहमा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री गिरीले मेसिन उपलब्ध गराएकोमा भारत सरकारप्रति धन्यवाद व्यक्त गर्नुभयो । मन्त्री गिरीले नेपाल–भारतबीचको सम्बन्ध आर्थिक तथा सामाजिक रुपले घनिष्ट रहँदै आएको ऐतिहासिक तथ्यलाई भूल्न नसकिने पनि बताउनुभयो ।
नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले नेपाली नागरिकको स्वास्थ्य अवस्थामा सुधार ल्याउने गरी नेपाल सरकारलाई मेसिन हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले नेपालसँगको मित्रतापूर्ण सम्बन्ध र विकास साझेदारीको कामलाई तीव्रताका साथ अघि बढाउन भारत सरकार सदैव अग्रसर रहेको र रहिरहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । करिब एक वर्षअघि नेपाल सरकारले भारत सरकारसमक्ष मेसिन उपलब्ध गराउन अनुरोध गरेको थियो। भारतले कोरोना भाइरस सङ्क्रमणका बेला पनि १ सय ३२ वटा हेल्थ पोष्ट निर्माणमा आर्थिक सहयोग तथा कोभिड भ्याक्सिन सहितका स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको थियो।