काठमाडौं ।
नेपालले विश्वकप लिग–२ क्रिकेटमा स्कटल्यान्डमाथि २ विकेटको रोमाञ्चक जित हात पारेको छ। आज मंगलबार कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा भएको खेलमा स्कटल्यान्डले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभर १ बलमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ९५ रनको अर्धशतकीय पारी खेले । १०१ बल खेलेका उनले ७ चौका र ४ छक्का प्रहार गरे ।
नेपालले लिग–२ मा पहिलो पटक सिरिजको चार वटै खेल जितेको हो । नेपालको जितमा रोहित र करणले नवौं विकेटका लागि अविजित रुपमा ७५ रनको साझेदारी गरे । यो नेपालका लागि नवौं विकेटका लागि भएको कीर्तिमानी साझेदारी हो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४६ ओभर १ बलमा अलआउट हुँदै २ सय १२ रन बनाएको थियो ।