spot_img
spot_img
spot_img

कञ्चन साथी सञ्जालद्वारा निशुल्क पाठ्यपुस्तक वितरण

spot_img

कञ्चन । 

रुपन्देहीको कञ्चन गाँउपालिकामा कृयाशिल कञ्चन साथी सञ्जालले गरिब तथा विपन्न बर्गका विधार्थीहरुलाई निःशुल्क पाठ्यपुस्तक बितरण गरेको छ। रुद्रपुर माध्यमिक बिद्यालयमा सञ्चालित पाचौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा निःशुल्क पुस्तक वितरण शिविर सञ्चालन गरी सो पुस्तक वितरण गरेको हो। आर्थिक अभावका कारण बिद्यालय पुस्तक किन्न नसकेर पाठ्यपुस्तक विना बिद्यालय जान बाध्य भएका विधार्थीहरुका लागि बुक बैंक सञ्चालन गरेर जम्मा भएका बिभिन्न कक्षाका पुस्तकहरु निःशुल्क रुपमा वितरण गरिएको कञ्चन साथी सञ्जालका सुस्मिता नेपालीले बताउनुभयो।

आर्थिक अभावका कारण पुस्तक किनिदिन नसकेका तर पुस्तक विना नै बिद्यालय गइरहेका भाइबहिनीहरुको सहयोगका लागि बिद्यालय तह पढाई पुरा गरेका तल्लो कक्षा उत्तिर्ण गरी माथिल्लो कक्षा पढ्दै गरेका र वहाँहरुसंग भएका तल्लो कक्षाका तिनै पुस्तकहरु संकलन गरी जम्मा भएका पुस्तकहरु निःशुल्क वितरण गर्ने उद्धेश्यका साथ पुस्तक वितरण गरिएको नेपालीले बताउनुभयो। पाचौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सञ्चालन भएको बेलामात्र ७० जना भन्दा बढी बिधार्थीहरुले निःशुल्क रुपमा पुस्तक पाएका छन। खेल मैदानसम्म आउन नसकेका अन्य विद्यालयका विधार्थीहरुका लागि बिद्यालयका शिक्षक तथा अभिभावकहरु मार्फत पुस्तक पुर्याउने कोशिस भइरहेको रानाले बताउनुभयो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img