spot_img
spot_img
spot_img

पाचौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता : ९ स्वर्ण सहित प्रगती नमुना मावी प्रथम

spot_img

कञ्चन ।

रुपन्देहीको कञ्चनमा गत फागुन ७ गते देखि सञ्चालित पाचौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बुधवार सम्पन्न भएको छ। प्रतियोगितामा प्रगती नमुना माध्यमिब बिद्यालय, कञ्चन १ बेलभरिया प्रथम भएको छ। प्रतियोगितामा विजेता तथा उपविजेता बिधार्थीहरुलाई पुरस्कार तथा सम्मान गर्दै पुर्व प्रतिनीधि सभा सदस्य भरतकुमार शाहले खेलकुदले बिधार्थीहरुको सर्वाङ्गिण बिकासमा सहयोग गर्ने बताउनु भएको छ। शिक्षा र स्वास्थ्य हरेक नागरिकको लागि आधारभुत आवस्यकता भएको उल्लेख गर्दै पुर्व सभासद शाहले बिद्यालय तहबाट नै बिधार्थीहरुलाई असल र अनुशासित बानी व्यबहार सहितको शिक्षा दिनु पर्ने बताउनुभयो।
यस्तै नेपाली कांङ्ग्रेृस कञ्चन गाउ कमिटीका सभापति देविराम रेग्मीले गुणस्तर शिक्षाका लागि खेलकुद अनिवार्य रहेको उल्लेख गर्नु भयो।लसम्बिनी ज्ञान निकेतन माध्यमिक बिद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद शर्माले बिद्यालय शिक्षालाई गुणस्तरिय र ब्यबहारिक बनाउन स्थानीय, प्रदेश र संघिय सरकारले आवस्यक दरबन्दी सहितको भौतिक संरचना निर्माण गर्न आवस्यक रहेको बताउनु भयो। बुद्धदीप बोर्डिङ्ग ईङ्गलिस स्कुलका प्रधानाध्यापक लेखनाथ पौडेलले खेलाडीहरु सामुदायिक र निजी नहुने उल्लेख गर्दै कञ्चनबाट प्रतिनीधित्व गर्ने खेलाडीहरुले कञ्चनकै इज्जत राख्नेगरी सहभागिता जनाउने भएकोले संस्थागत र सामुदायिक भन्नु गलत हुने बताउनुभयो। कञ्चन गाउपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले स्वागत गर्दै बिधार्थी भित्र रहेको अन्तरनिहित क्षमतालाई बाहिर ल्याई उनिहरुको क्षमता अनुसारको शिक्षण सिकाई गर्न सहज होस भन्ने उद्धेश्यका साथ सञ्चालन गरिएको प्रतियोगिताले बिधार्थीहरुको मनोवल समेत उच्च राख्न सहयोग गर्ने उल्लेख गर्नुभयो।

गाउँपालिकाका अध्यक्ष नवराज ढकालले पाचौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको अध्यक्षता गर्दै प्रतियोगिता सञ्चालन गर्दा देखिएको कमजोरीलाई आगामी दिनमा सच्याउदै र सवल पक्षलाई अझ व्यबस्थित बनाउदै निरन्तरता दिइने उल्लेख गर्नु भयो। प्रतियोगिताले बिधार्थीहरुमा रहेको प्रतिभालाई उजागर गराउन मद्दत गर्ने र एक बिधार्थीमा भएको प्रतिभाबाट अर्को बिधार्थीका लागि प्रेरणाको श्रोत बन्ने समेत अध्यक्ष ढकालले बताउनुभयो। माध्यमिक तह तर्फ प्रगती नमुना माध्यमिक बिद्यालयले ९ स्वर्ण, ७ रजत र ६ कश्य सहित प्रथम स्थान हासिल गर्दै शिल्ड प्राप्त गरेको हो। यसैगरी ५ स्वर्ण, ५ रजत र ४ काश्य पदक सहित हरैया माध्यमिक बिद्यालय द्वितिय भएको छ भने ५ स्वर्ण र २ काश्य पदक सहित भैसाही मा.वि. कञ्चन ५ तृतिय भएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सचिवालय संमितिका संयोजक तथा रुद्रपुर माध्यमिक बिद्यालयका सहायक प्रधानाध्यापक डोलाराम पौडेलले जानकारी दिनु भएको छ।

रुद्रपुर माध्यमिक बिद्यालयको खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा आधारभुत तर्फ ४ स्वर्ण पदक सहित बाल कल्यणण आधारभुत बिद्यालयले प्रथम स्थान हासिल गरेको छ भने २ स्वर्ण ३ रजत र ३ काश्य पदक सहित रुद्रपुर माध्यमिक बिद्यालय द्वितिय भएको छ। यसैगरी २ स्वर्ण, ३ रजत र २ काश्य पदक सहित बुद्धदीप ईङ्गलिस बोर्डिङ्ग स्कुल तितृय भएको प्रतियोगिता सचिवालय संमितिका संयोजक पौडेलले जानकारी दिनु भएको छ। संस्थागत र सामुदायिक गरी ३० बिद्यालयहरुले सहभागिता जनाएको प्रतियोगितामा छात्र छात्रा तर्फ भलिवल, कवड्डी, शटपुट, ज्याभलिन, एथलेटिक्स, हाईजमप, लङ्गजम्प, टेक्वाण्डो, कराँते खेलमा बिधार्थीहरुले प्रतिस्पर्धा गरेका थिए। कञ्चन गाउापालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रमेश भुसालको सञ्चालनमा भएको प्रतियोगिताको समापन कार्यक्रममा बिभिन्न बिधालयका बिधार्थीहरुद्वारा साँस्कृतिक नृत्य तथा कला प्रस्तुत गरेका थिए। रुद्रपुर माध्यमिक बिद्यालयमा भएको प्रतियोगितामा सामुदायिक र संस्थागत बिधालय गरी ३० बिधालयका करिब १ हजार २ सय बिधार्थीहरुले ३ सय १६ पदकका लागि प्रतिस्पर्धा गरेका थिए।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img