नयाँ दिल्ली ।
दिल्ली नगर निगमको मेयर पदका लागि आम आदमी पार्टीकी उम्मेदवार शैली ओबेरोय विजयी भएकी छन् । एमसीडीको मेयर पदका लागि बुधबार भएको निर्वाचनमा आम आदमी पार्टीकी उम्मेदवार शैली ओबेरोयले भारतीय जनता पार्टीकी उम्मेदवार रेखा गुप्तालाई ३४ मतले पराजित गरेकी हुन्। विजयपछि शैली ओबेरोयले भनिन्, ‘म एमसीडीलाई संवैधानिक रूपमा चलाउनेछु। म आशा गर्छु कि तपाईं सबैले सदनको गरिमा कायम राख्नुहुनेछ र यसलाई सुचारु रूपमा सञ्चालन गर्नुहुनेछ।’ शेली ओबेरोयलाई उनको जितमा बधाई दिँदै दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाले भने, ‘गुन्डाहरू हारेका छन्, जनताले जितेका छन्। दिल्ली नगर निगममा आम आदमी पार्टीको मेयर बनाउनुभएकोमा सबै कार्यकर्ताहरूलाई धेरै धेरै बधाई र दिल्लीका जनतालाई हृदयदेखि नै आभार । आम आदमी पार्टीको पहिलो मेयर शैली ओबेरोयलाई धेरै धेरै बधाई । ’
-एजेन्सी