spot_img
spot_img
spot_img

 युक्रेनमा तत्काल आक्रमण अन्त्य गर्न राष्ट्र सङ्घको आह्वान, नेपालसहित १ सय ४१ देशले पक्षमा मतदान गरे

spot_img

एजेन्सी ।

संयुक्त राष्ट्र सङ्घको महासभाले युक्रेनमा तत्काल आक्रमण अन्त्य गर्न आह्वान गरेको छ । महासभाले रुसले युक्रेनमाथि गर्दै आएको आक्रमण तत्काल रोक्नुपर्ने प्रस्ताव अत्यधिक मतले पारित गरेको हो । यो प्रस्तावको पक्षमा नेपालसहित १ सय ४१ देशले मत दिएका छन। ७ वटा देशले प्रस्तावको विपक्षमा मतदान गरे भने चीन, भारत, इरान, दक्षिण अफ्रिकालगायतका ३२ देश तटस्थ बसेका छन्। रुससहित बेलारुस, उत्तर कोरिया, सिरिया, माली, इरिट्रिया र निकारागुआले प्रस्तावको विपक्षमा मतदान गरेका हुन। महासभाले आफ्नो मागलाई पुनः दोहोर्‍याउँदै रुसले तत्काल पूर्ण र विना सर्त युक्रेनको क्षेत्रबाट आफ्ना सबै सैन्य बल फिर्ता गर्न आह्वान गरेको हो।

रुसले युक्रेनमा आक्रमण सुरु गरेको आज शुक्रवार एक वर्ष पूरा भएको छ। रुसले गएको फेब्रुअरी २४ तारिखमा युक्रेनमा आक्रमण थालेको थियो। आक्रमणको वर्ष दिन पुगेको अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हतियार उत्पादन बढाउने वाचा गर्नुभएको छ। “डिफेन्डर अफ द फादरल्यान्ड डे” का अवसरमा जारी गरिएको भिडियो सम्बोधनमा राष्ट्रपति पुटिनले राष्ट्रिय सेनाबाटै राष्ट्रको स्थायित्व, विकास र भविष्य सुनिश्चित हुने बताउनुभयो। राष्ट्रपति पुटिनले युक्रेन आक्रमणलाई ‘विशेष सैन्य अभियान’ भन्दै आउनुभएको छ। रुस–युक्रेनबीच शान्ति स्थापनाका लागि निर्णायक पहल हुन सकेको छैन । दुई देशबीच युद्ध अझै लम्बिने सङ्केत देखिएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img