spot_img
spot_img
spot_img

रमेश स्मृति सम्मान २०७९ बाट तीर्थ संगमलाई सम्मान गरिने

spot_img

कञ्चन ।

साहित्यकार रमेश हरिलठ्ठको स्मृतिमा गठित रमेश स्मृति कोषले रमेश स्मृति सम्मान २०७९ को टुङ्गो लगाएको छ। कोषले उक्त सम्मानका लागि कतारमा रहेका रेगिस्तानी कवि तीर्थ सँगम राईलाई सम्मान गर्ने निर्णय गरेको हो। लामो समयसम्म प्रवासमा रहेर साहित्य सेवा गर्नुका साथै हरिलठ्ठकसँग सम्वद्ध विविध कार्यहरूमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको मूल्यांकनका आधार सो सम्मान गर्न लागिएको रमेश स्मृति कोष, नेपालका संस्थापक तथा साहित्यकार दीप मिलनले जानकारी दिनु भएको छ। साहित्यकार निर्मल ढुङ्गानाको संयोजकत्वमा गठित तीन सदस्यीय छनोट समितीले कवि राईलाई रमेश स्मृति सम्मान २०७९बाट सम्मान गर्ने निर्णय गरेको हो।

कतारमा एक विशेष कार्यक्रम मार्फत सो सम्मान समर्पण गरिने रमेश स्मृति कोष, नेपालकका संस्थापक तथा साहित्यकार दीप मिलनले जानकारी दिनु भएको हो। हरेक वर्ष हरिलठ्ठकको जन्मयन्तीको अवसर पारेर सो सम्मान प्रदान गरिँदै आएको छ। यस अगाडि कोभिड-१९ का कारण स्थगित भएको सम्मान कार्यक्रम पनि यसै वर्ष हुने भएको छ। अनुराग साहित्य समाजको आयोजनामा उक्त सम्मान समर्पण कार्यक्रम गरिने छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img