spot_img
spot_img
spot_img

बागमती प्रदेशबाट पनि राप्रपाका मन्त्रीहरुले दिए राजिनामा

spot_img

हेटौंडा ।

राप्रपाले वाग्मती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरुले राजीनामा दिएका छन् । उनीहरुले शनिबार राती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष राजीनामा पत्र बुझाएका हुन् । राप्रपाको संसदीय दलका नेता एवं प्रदेशका खानेपानी, उर्जा तथा सिंचाईमन्त्री उद्धव थापाले दिउँसो राजीनामाको तयारी भइरहेको जानकारी गराएका थिए। राप्रपाबाट प्रदेश सरकारमा संसदीय दलका नेता थापासँगै पर्यटन उद्योग तथा शहकारीमन्त्री डम्बरबहादुर तामाङ र वन तथा वातावरणमन्त्री राजु विष्ट सहभागी थिए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img