काठमाण्डौ ।
अभिनेता पल शाहले उच्च अदालत पोखराबाट बालयौन दुराचारको मुद्दामा सफाइ पाएका छन । सफाइ पाएसँगै पल शाह रिहा हुनेछन् । उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै शाहलाई सफाइ दिएको हो। नाबालिगमाथि जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ अदालतमा परेको मुद्दामा भने शाहले यसअघि नै सफाइ पाइसकेका छन्।
नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै शाहविरुद्ध २०७८ फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो ।गएको भदौ २१ गते शाहलाई नवलपुर जिल्ला अदालतले बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुराचारको अभियोगमा साढे दुई वर्षको कैद सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । फैसलाविरुद्ध शाहले उच्च अदालत पोखरामा रिट निवेदन दिएका थिए ।