spot_img
spot_img
spot_img

महिला टी–२० विश्वकपको उपाधि अष्ट्रेलियालाई

spot_img

एजेन्सी । आईसिसी महिला टि-२० विश्वकप २०२३ को उपाधि अस्ट्रेलियाले जितेको छ। घरेलु टोली दक्षिण अफ्रिकालाई फाईनल खेलमा १९ रनले हराउँदै अष्ट्रेलियाले छैटौं पटक उपाधी जितेको हो।

केप टाउनको न्युल्यान्ड्समा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनाएको थियो। अष्ट्रेलिया ओपनर बेथ मुनिले ५३ बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ७४ रनको योगदान दिइन् । अफ्रिकाकि सबनिम इस्मालीले ४ ओभरमा १ मेडनसहित २६ रन खर्चेर २ विकेट लिईन् । मरिजान क्यापले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिईन्।

दक्षिण अफ्रिकाको लागि ओपनर लौरा वोल्भार्डटले ४८ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ६१ रन बनाईन्। अष्ट्रेलियाको लागि मेगन स्कट, एलिसा गार्डनर, डार्सी ब्राउन र जेस ज्यानसेनले एक–एक विकेट लिए ।

यो अष्ट्रेलियाली महिला टोलीको लागि सातौं टी–२० विश्वकप फाइनल थियो र छैटौं पटक ट्रफी जित्यो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img