देवदह । देवदह नगर प्याब्सनको नियमित बैठक सम्पन्न भएको छ। बैठकले विद्यार्थी अभिमुखीकरण कार्यक्रम र एसईई तथा आधारभूत तहको अभ्यास परीक्षाको समिक्षा गरेको छ।
त्यसैगरी हिन्दु स्वयम्सेवक संघ नेपालको आयोजना र प्याब्सन देवदहको आतिथ्यतामा यही फागुन १९ गते सञ्चालन हुने स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षाको तयारीका सम्बन्धमा व्यापक छलफल गरेको छ। पानबारी खेल मैदानमा गरिने उक्त परीक्षामा एक हजार भन्दा बढी विद्यार्थीहरु सहभागी हुने व्यवस्था मिलाउने निर्णय गरेको छ।
त्यसैगरी बैठकले हरेक महिनाको अन्तिम शुक्रबार दिइने बिदा यस महिनामा धेरै बिदा परेकोले बिदा नगर्ने निर्णय गरेको छ। बैठकले यो शैक्षिक सत्रको बार्षिक परीक्षा आगामी चैत्र १२ गतेदेखि सञ्चालन गर्ने समेत निर्णय गरेको छ। बैठकले शैक्षिक सत्र २०८०को बार्षिक क्यालेण्डर निर्माणका लागि अध्यक्ष राम बहादुर गुरुङको संयोजकत्वमा कृष्णप्रसाद गैरे र टिकाराम चापागाई सदस्य रहनेगरी बार्षिक क्यालेण्डर निर्माण समिति बनाउने निर्णय गरेको छ।
बैठक संस्थाका अध्यक्ष राम बहादुर गुरुङको अध्यक्षता,सचिव कृष्णप्रसाद गैरेको सञ्चालन र कोषाध्यक्ष टिकाराम चापागाईको स्वागतमा सम्पन्न भएको थियो।