spot_img
spot_img
spot_img

विद्युत प्राधिकरणद्वारा भारतलाई ८ अर्ब ३२ करोडको विद्युत् बिक्री

spot_img

काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणले बढी भएको बिजुली भारतलाई बेचे बापत गत साउनदेखि पुससम्म ८ अर्ब ३२ करोड रुपैयाँ आम्दानी गरेको छ  । गत साउनदेखि पुससम्ममा बढी भएको बिजुली भारतीय ऊर्जा विनिमयमा बिक्री गरिएको  प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका जानकारी दिनुभएको हो ।

प्राधिकरणले साउनमा करिब १ अर्ब ४ करोड रुपैयाँको बिजुली बेचेको थियो  । भदौमा करिब १ अर्ब ९८ करोड, असोजमा सबैभन्दा धेरै करिब २ अर्ब २५ करोड, कात्तिकमा करिब १ अर्ब ५२ करोड र मंसिरमा करिब १ अर्ब ३२ करोड रुपैयाँ बराबरको बिजुली बिक्री गरेको छ ।

यस्तै पुसमा करिब २१ करोड रुपैयाँको विद्युत् बिक्री भएको छ । सात महिनामा १० लाख ७८ हजार ८४८ गिगावाट घण्टा बिजुली भारत निर्यात भएको छ  ।  प्राधिकरणले पहिलो पटक दुई वटा जलविद्युत् आयोजनाबाट उत्पादित ३९ मेगावाट विद्युत् बिक्री सुरु गरेको थियो  ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img