भैरहवा ।
रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘ए’को बिहीबारको खेलमा तिलोत्तमा क्रिकेट क्लब विजयी भएको छ । तिलोत्तमाले सैनामैना क्रिकेट क्लबलाई १ सय १२ रनले पराजित गर्दै जित निकाल्न सफल भएको हो । सिद्धार्थ रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको तिलोत्तमाले निर्धारित ५० ओभरको खेलमा ३७ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५८ रन बनाएको थियो ।
प्रतिउत्तरमा सैनौमैना १३.२ ओभरमा सबै विकेट गुमाउँदै ४६ रनको स्कोरमा नै रोकिएको हो । आजको खेलमा तिलोत्तमाका कृष्ण कार्की म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भएका छन । चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् ।