कञ्चन ।
यही चैत्र ५ गते हुन गइरहेको स्वतन्त्र विधार्थी युनियन (स्वविुयू) को निर्वाचनका लागि हरैया बहुमुखी क्याम्पसमा ६ विधार्थी संगठनहरु दर्ता भएका छन। स्ववियु निर्वाचनका लागि क्याम्पसमा संघ संगठन दर्ता गर्ने आज अन्तिम दिन विभिन्न राजनैतिक दलहरु सम्बद्ध ६ विधार्थी संगठनहरुले क्याम्पसमा आफ्नो संघ संगठन दर्ता गराएका हुन। हरैया बहुमुखी क्याम्पसमा चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा सहभागिता भाग लिने प्रयोजनका लागि नेपाल विधार्थी संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियन, अनेरास्ववियू नेकपा एमाले, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियन (नेकपा एस), जनमत विधार्थी संघ, प्रगतीशिल बिधार्थी संगठन र लोकतान्त्रिक बिधार्थी संघ गरी ६ विद्यार्थी संगठनहरु दर्ता भएको स्ववियु निर्वाचन हरैया बहुमुखी क्याम्पसका मुख्य निर्वाचन अधिकृत रामजी आचार्यले जानकारी दिनुभएको छ।
फागुन २१ गते भोली मतदाता नामावली प्रकाशन गर्ने समय तालिका रहेको छ। फागुन २७ गते प्रत्यक्ष र समानुपातिक तर्फको उमेद्वारहरुको मनोनय दर्ता गर्ने चैत्र ५ गते बिहान ७ बजे देखि दिउसो १ बजेसम्म मतदान हुने समय तालिका रहेको निर्वाचन अधिकृत आचार्यले जानकारी दिनुभएको छ।