spot_img
spot_img
spot_img

कञ्चनपुरमा दुर्लभ प्रजातिको सर्प फेला

spot_img

कञ्चनपुर ।

कञ्चनपुरको बेलौरी नगपालिका–७ मा दुर्लभ प्रजातिको सेतो सर्प फेला परेको छ । ‘ननभेनोमोअस वल्फ’ नामक सर्प फेला परेको सबडिभिजन वन कार्यालय कुण्डाका प्रमुख दिनेश यादवले बताउनुभयो । दुर्लभ प्रजातिको करेत जस्तै देखिने सर्प पहिलो पटक देखिएको यादवले बताउनुभयो । स्थानीयवासीको घर नजिकै फेला परेको सर्पको उद्धार गरी सिमताल सामुदायिक वन क्षेत्रमा सकुशल रुपमा छाडिएको सबडिभिजन वन कार्यालयका प्रमुख यादवले जानकारी दिनुभयो।

यस प्रजातिको सर्प विरलै देखिने गरेको उहाँको भनाई छ । सेतो रङ्गको ‘ननभेनोमोअस वल्फ’ प्रजातिको सर्पको लम्बाइ तीन फिटभन्दा बढी रहेको छ । सर्प विषालु प्रजातिको भने होइन । फेला परेको सर्पले मुसा, कीरा फट्याङग्रा, भ्यागुता लगायतलाई आहारका रुपमा खाने गरेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img