एजेन्सी ।
न्युजिल्याण्डको केर्माडेक टापुमा शक्तिशाली भूकम्प गएको छ । शनिबार बिहान सो टापुमा ६ः ४१ बजे ६।९ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ। एक सय ५१.६ किलोमिटर गहिराइमा रहेको उक्त भूकम्पको केन्द्र शुरुमा २९।८७४ डिग्री दक्षिणी अक्षांश र १७८.४३१ डिग्री पश्चिम देशान्तरमा रहेको बताइएको छ । भूकम्पको असरबारे विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??