spot_img
spot_img
spot_img

इमरान खानको भाषण प्रसारण गर्न प्रतिबन्ध

spot_img

एजेन्सी ।

पाकिस्तान सरकारले टेलिभिजन च्यानलहरूलाई पूर्वप्रधानमन्त्री इमरान खानको भाषण र पत्रकार सम्मेलन प्रसारण गर्न प्रतिबन्ध लगाएको छ । पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटीले पूर्वप्रधानमन्त्रीले राज्यका संस्थाहरूमा आक्रमण गरेको र घृणालाई बढावा दिएको आरोप लगाउँदै टेलिभिजनहरुलाई खानका भनाइ प्रसारण गर्न रोक लगाएको हो । आइतबार पूर्वी शहर लाहोरमा गरेको सम्बोधनमा खानले गतवर्ष आफूलाई सत्ताबाट हटाउनुमा पूर्व सेना प्रमुख जनरल कमर जावेद बाजवाको हात रहेको आरोप लगाउनुभएको थियो ।

पूर्व क्रिकेटरसमेत रहनुभएका खानलाई इस्लामावादबाट प्रहरीले भ्रष्टाचारको मुद्दामा पक्राउ गर्ने प्रयास गरेपछि खान सरकारप्रति थप आक्रामक बन्नुभएको छ। खानले आफूमाथि लागेको अनियमितताका आरोप अस्वीकार गर्दै आउनुभएको छ । प्रधानमन्त्री पद गुमाएपछि राष्ट्रिय चुनावको माग गर्दै खानले ठूलारठूला सभा गर्न थालेपछि अथोरिटीले यसअघि पनि टिभी च्यानललाई बयान प्रसारण गर्न प्रतिबन्ध लगाएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img