काठमाडौं ।
अञ्जन बिष्टले यस वर्षको पुरुष वर्ष खेलाडीको अवार्ड जितेका छन् । बजाज पल्सर एनएसजेएफ स्पोर्टस अवार्ड २०७८ अन्र्तगत फुटबर अञ्जनले यो अवार्ड जितेका हुन् । २०७८ सालको प्रदर्शनका आधारमा अन्जनले यो अवार्ड पाएका हुन्। यस्तै, वर्ष महिला खेलाडीको अवार्ड नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले हात पारेकी छिन । यसैगरी वर्ष प्रशिक्षक अवार्ड नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व प्रशिक्षक अब्दुल्लाह अल्मुताईरी घोषित भएका छन् ।खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक र समर्थकको भोटिङबाट सर्वाधिक मत प्राप्त गर्दै पिपुल्स च्वाइस बिधाको अवार्ड भने भलिबलकी उषा भण्डारीले हात पार्न सफल भएकी छिन । यसैगरी, वर्ष युवा खेलाडी अवार्ड फुटबलका मनिष डाँगीले हात पारेका छन।
यस्तै, एथ्लेक्टिक्स प्रशिक्षक रघुराज पन्तलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको हो । यस्तै, ब्याडमिन्टन खेलाडी मायादेवी मोक्तान र दानबहादुर तामाङ स्पेशल अवार्डबाट पुरस्कृत भएका छन भने एशियन स्पोर्टस् जर्नलिष्ट अवार्ड कतारका मोहमद हीजीले प्राप्त गर्न सफल भएका छन । वर्ष पुरुष, महिला, युवा, पिपुल्स च्वाइस र प्रशिक्षक गरी पाँच विधाका विजेताहरूले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन । अन्य विधाका विजेताहरूले नगद पुरस्कार बिरतण गरिएको थियो।