spot_img
spot_img
spot_img

देवदह आदर्श बहुमुखी क्याम्पसमा लगाईएको ताला खोलियो

spot_img

देवदह । देवदह नगरपालिकास्थित देवदह आदर्श बहुमुखी क्याम्पसमा लगाईएको ताला खोलिएको छ। बुधवार क्याम्पसमा आयोजित सर्वपक्षीय बैठकमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले निर्वाचन आचारसंहिता उल्लङ्घन भएको स्वीकार गर्दै आत्मालोचना गरेपछि सर्वसहमतीमा तीन विद्यार्थी संगठनले लगाएको ताला खोलिएको हो।

क्याम्पस संचालन समितिका उपाध्यक्ष बासुदेव रिमाल, संचालन समिति सदस्य मोतीलाल ढकाल, क्याम्पस प्रमुख, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका राजनीतिक दलका प्रतिनिधि, निर्वाचन समिति र विद्यार्थी संगठनको उपस्थितिमा सम्पन्न बैठकले आचारसंहिता विपरित गतिविधी गरेकोमा अनेरास्ववियुले आत्मालोचना गर्ने र क्याम्पसमा लगाईएको ताला खोल्ने निर्णय भएको बैठकमा सहभागी दिपक न्यौपानेले बताए।

फाल्गुन १९ गते अनेरास्ववियुद्वारा आयोजित विद्यार्थी स्वागत कार्यक्रममा प्रयोग गरिएको साउण्ड सिस्टम निर्वाचन आचारसंहिता विपरित भएको आरोप लगाउंदै क्याम्पसमा दर्ता भएका ४ विद्यार्थी संगठनमध्ये तीन विद्यार्थी संगठनहरु अखिल क्रान्तिकारी, नेविसंघ र एकीकृत समाजवादी निकट अनेरास्ववियूले क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाएका थिए। क्याम्पस प्रशासनले आचारसंहिता विपरितका गतिविधी रोक्न नसकेको र अराजक गतिविधिलाई पश्रय दिएको आरोपसहित तीन विद्यार्थी संगठनले क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको राजिनामा लगायतका माग राख्दै ताला लगाईएको थियो।

लगत्तै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी देवदह नगर कमिटीले क्याम्पसमा अराजक गतिविधी भएको र त्यसलाई क्याम्पस प्रशासनले नै संरक्षण गरिरहेको उल्लेख गर्दै विज्ञप्ति जारी गरेका थिए।

राजनीतिक दलको विज्ञप्तिको खण्डन गर्दै अनेरास्ववियु क्याम्पस कमिटीले पत्रकार सम्मेलन गर्दै आफुहरुले गल्ति नगरेको र निर्वाचन हार्ने डरले क्याम्पसमा तालाबन्दी गरिएको आरोप लगाएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img