काठमाण्डौ ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा नेपाल दुई स्थान माथी उक्लेको छ । आईसीसीको एकदिवसीय वरीयताअनुसार नेपाल १७ औँ स्थानमा रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बुधबार सार्वजनिक गरेको वरीयतामा नेपालले दुई स्थान सुधार गरेको हो । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत पछिल्लो आठ खेलमध्ये सात खेल जितेको नेपाल वरीयतामा दुई स्थान माथि उक्लिएको हो ।
यसअघि नेपाल १९ औँ स्थानमा थियो । नेपालभन्दा पछि अमेरिका, यूएई र पपुवा न्युगिनी क्रमशः १८औँ, १९औँ र २०औँ स्थानमा रहेका छन। एकदिवसीय वरीयतामा भारत शीर्ष स्थानमा रहँदा अस्ट्रेलिया, न्युजिल्यान्ड, इङ्ल्यान्ड र पाकिस्तान क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ नम्बरमा छन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भने नेपाल १६ औँ स्थानमा यथावत छ ।