कञ्चन ।
लागुऔषध दुर्ब्यसनी बिरुद्ध ५ दिने अभियान अन्तर्गत पहिलो दिन भएको ६ किलो मिटर दुरीको म्याराथन दौड प्रतियोगितामा गैडहवाका १७ बर्षिय उमेश बरईले २१ मिनेट ३४ सेकेण्डको समयमा दुरी पार गरेका छन। कञ्चन,गैडहवा र सैनामैनाका २० जना धावकहरुले भाग लिएको सो प्रतियोगितामा हसनापुर माध्यामिक विद्यालयका उमेश बरईले २१े.३४ मिनेटको समयमा दुरी पार गरी प्रथम भएका हुन। प्रतियोगतामा दोश्रो भएका प्रवेश क्षेत्रीले २६ मिनेट १० सेकेण्डमा सो दुरी पार गरेका थिए भने तेश्रो स्थान हासिल गर्ने सरोज घर्ति मगरले ३० मिनेट ५ सेकेण्ड समय लगाएका थिए। यसैगरी महिला तर्फको म्याराथन प्रतियोगितामा कञ्चनका दिपा परियार दर्जी प्रथम भएका छन। उनले ३४ मिनेट १५ सेकेण्ड समय लगाएर ६ किमी दुरी पार गर्न सफल भएका थिए। दोश्रो स्थान हासिल गरेका सुस्मिता सुनारले ४१ मिनेट ७ सेकण्ड समय लगाएका थिए भने लिजा श्रेष्ठले ४९ मिनेटमा उक्त दुरी पारगरी तेश्रो भएका छन। कञ्चन ४ को थकालीचोक देखि रुपन्देहीको एकमात्र पयर्टकिय ताल दानापुरसम्म म्याराथन गराइएको थियो।
कञ्चन साथी सञ्जालको आयोजना तथा सुनगाभा सामुदायिक बिकास केन्द्र र स्ट्रोम फाउण्डेशनको सहयोगमा सञ्चालन गरिएको ५ दिने अभियानको शुभारम्भ कञ्चन गाउपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले गर्नु भएको थियो। अभियानको शुभारम्भ गर्दै उपाध्यक्ष थापा मगरले देशको कर्णधार र बिकासको एक साझेदार शक्तीको रुपमा रहेका युवाहरुलाई समाज बिकासको भमिकामा समाहित गर्न सकेमात्र सबल कञ्चनको सपना पूरा हुने उल्लेख गर्नुभयो। यस्तै वडा नंम्बर ४ का वडाअध्यक्ष केशरबहादुर खत्रीले समाज रुपान्तरणका लागि साथी सञ्जालले गर्ने हरेक कार्यहरुको अभिभावक बन्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा सुनगाभा सामुदायिक बिकास केन्द्रका अध्यक्ष अमृता थापा मगर,केन्द्रका सल्लाहकार तथा निवर्तमान अध्यक्ष सुमित्रा बुढाथोकी,सचिब हिमा बेलबासे,कार्कारी निर्देशक गोपाल के।सी। संकल्प समुहका अध्यक्ष रितेश थापा मगर,समुहका संस्थापक अध्यक्ष प्रकाश थापा मगर, कञ्चन साथी सञ्जालका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो। सञ्जालका अध्यक्ष टीका थापा मगरको अध्यक्षतामा शुरु भएको कार्यक्रमको सञ्चालन उपाध्यक्ष सुस्मिता नेपालीले गर्नु भएको थियो। फागुन २९ गते सम्म अभियान सञ्चालन हुनेछ।