spot_img
spot_img
spot_img

महिला दिवसको अवसरमा कञ्चनले गर्यो श्रमिक महिलाहरुको सम्मान

spot_img

कञ्चन ।

लैंगिक समानताको बलियो आधार, सिर्जनात्मक प्रबिधिमा महिला पहुँचको बिस्तार भन्ने नाराका साथ ११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा कञ्चन गाउपालिकाले श्रमिक महलिाहरुलाई सम्मान गरेको छ। सम्मानित हुनेहरुमा सगरमाथा आमा समूहका अध्यक्ष तथा तान उद्यमी हिमाल थापा, निर्माण व्यबसायी सावित्रा थारु र मिना थारु, ब्युटिपार्लर व्यवसायी रमा शर्मा, बंगुर पालक किसान गंगा थापा फौजा, गाई भैसी पालक किसान मामकला गलामी थापा र बाख्रा पालक किसान सिता जि।सी। रहेका छन। श्रमिक महिलाहरुलाई सम्मान गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा पुर्व संविधान सभा सदस्य सोनिय यादवले संविधानमा जवसम्म छोरीलाई छोरा समान अंश र वंशको अधिकार सुनिश्चित गरिदैन तवसम्म हरेक नेपाली महिला उत्पिडन र चुलो चौकामा सिमित हुनुपर्ने बताउनु भयो। राज्यको हरेक अंगमा समान पहुँचको अधिकारले मात्र महिलाहरुको सम्मान कुरा उल्लेख गर्दै प्रमुख अतिथि यादवले पुरुषले जस्तै समान श्रम गर्ने महिलाहरुलाई महिला भएकै कारण ज्यालामा बिभेद भएको र यसको अन्त्यका लागि हरेक श्रमिक महिलाहरुले आवाज उठाउनुपर्नेमा जोड दिनुभयो।

यस्तै अधिवक्ता निशाकुमारी खरेलले सिर्जनात्मक प्रविधिमा महिला पहुँचको बिस्तार गर्न सकेमात्र लैंगिक समानता बलियो हुने कुरा उल्लेख गर्दै सवल र समृद्ध देश निर्माण गर्नमा आधा श्रम महिला श्रमिकहरुकै योगदान भएपनि पहुँच र अधिकारको सवालमा पुरुष प्रधान राज्यसत्ताले बिभेद गर्दै आइरहेको बताउनु भयो। कार्यपािलका सदस्य तथा प्रवक्ता चित्र तुलाचनले महिला श्रमिकहरुमा परेको असमान ज्याला र राज्यको शक्ती बाँफाँडमा महिलाहरुको पहुँचलाई कम आँकलन गरिनु देशको नीति निर्माताहरुको मुख्य दोष रहेको औल्याउनु भयो। नीति निर्माण गर्ने तहमा महिलाहरुको पहुँच पुगेपनि आफ्नो अधिकार सुनिश्चित्ताका लागि गर्ने संघर्षमा थप बल पुर्याउन नसकेको प्रवक्ता तुलाचनले बताउनुभयो।

कार्यक्रममा वडा नं ४ का वडाअध्यक्ष केशरबहादुर खत्री, नेपाली कांग्रेसका देरिाम रेग्मी, नेकपा एमालेका दिनानाथ आचार्य, नेकपा माओवादी केन्द्रका पुष्पराज शर्मा, सुनगाभा साुमदायिक बिकास केन्द्रका अध्यक्ष अमृत थापा मगर, महिला नेतृ हिमा बेलवासे, सरस्वती माभ्यमिक बिद्यालयका शिवकला खनाल लगायतले श्रमिक महिलाहरुको अधिकार र राज्यको हरेका निकायहरुमा पहुँचको सुनिश्चित्ताका लागि संघर्ष गर्न आवस्यक रहेको उल्लेख गर्दै शुभकामना व्यक्त गर्नु भएको थियो।
कार्यक्रमको अध्यक्षता गर्दै कञ्चन गाँउपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले महिलाहरुलाई केही पनि थाहा हुदैन, उनिहरुले केही जान्दैनन भन्ने मानसिकताले राज्यको हरेक निकाय संचालित भएको बताउनु भयो। ऐन, कानुन र विधिले दिएको अधिकार समेत महिला भएकै कारण उपयोग गर्न र अधिकार उपयोगको पहुँचको दुरीलाई बढाउन खोज्ने पुरुष प्रधान व्यबस्थाले महिलाहरुलाई सहज रुपमा कहिल्यै अगाडी बढ्न नदिने उपाध्यक्ष थापा मगरले बिचार व्यक्त गर्नुभयो। महिलाहरुलाई सिकाए, महिलाहरुको अर्ति उपदेशमा चल्नु पर्ने बाध्यता आए आफ्नो पुरुषत्व सर्बनाश हुने सोंच भएका नेतृत्व, कर्मचारी, नीति निर्माता रहेकै कारण पुरुषले जस्तै पसिना बगाएर बराबर मेहनत गर्ने श्रमिक महिलाहरुले असमान ज्यालामा श्रम बेचिरहनु पर्ने बाध्यता रहने भन्दै उपाध्यक्ष थापा मगरले मागेर नपाइने अधिकार खोस्न समेत हरेक महिलाहरु तयार रहनु पर्नेमा जोड दिनुभयो।

कञ्चन गाँउपालिकाको आयोजना तथा सुनगाभा सामुदायिक बिकास केन्द्रको समन्वयमा सम्पन्न कार्यक्रममा महिलाहरु बिच कुर्ची दौड प्रतियोगिता समेत सञ्चालन गरिएको थियो। कार्यपालिका सदस्य सुशिला थापा मगरको स्वगत तथा कार्यपालिका सदस्य कुमारी घर्तिले कार्यक्रम सञ्चालन गर्नु भएको कार्यक्रम कञ्चन गाउपालिकाको सभाहल कञ्चन दियो बजारमा भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img