काठमाण्डौ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि जजिरा एअरवेजले पुनः उडान सुरु गरेको छ । अन्तर्राष्ट्रिय उडान गर्दै आएको कुवेतको जजिरा एअरवेजले गत पुस ६ गतेदेखि खराब मौसमका कारण उडान स्थगित गरेको थियो । कुवेतबाट आज बिहान ६६ जना यात्रु लिएर आएको जजिराको विमान बिहान ८ बजेर ५ मिनेटमा ९९ जना जना यात्रु लिएर उडेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा सञ्चालन गरिएको गौतमबुद्ध विमानस्थलमा दैनिक ३० देखि ४० वटासम्म उडान गर्न सकिने क्षमता छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??