spot_img
spot_img
spot_img

सी जिनपिङ तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपति चयन

spot_img

 एजेन्सी ।

सी जिनपिङले चीनको राष्ट्रपतिका रुपमा ऐतिहासिक तेस्रो कार्यकाल सुरु गर्नुभएको छ । उहाँ १४औँ राष्ट्रिय जनकङ्ग्रेसको अधिवेशनबाट सर्वसम्मतिले राष्ट्रपतिमा चयन हुनुभएको हो । ग्रेट हल अफ द पिपलमा उपस्थित नेशनल पिपुल्स कङ्ग्रेस ९एनपीसी० का झण्डै तीन हजार सदस्यले ६९ वर्षीय सीलाई सर्वसम्मत रूपमा राष्ट्रपतिमा चयन गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । उहाँले संविधानप्रति प्रतिबद्ध रहने बताउनुभएको छ ।

योसँगै उहाँलाई माओत्सेतुङपछिको सबैभन्दा शक्तिशाली नेताका रूपमा चित्रण गरिएको छ । यसअघि नै संसद्ले राष्ट्रपतिको दुई कार्यकालको सीमा संविधान हटाउने निर्णय गरेको थियो । उहाँ देशको केन्द्रीय सैन्य आयोगको अध्यक्षमा पनि तेस्रो कार्यकालका लागि सर्वसम्मत हुनुभयो । झाओ लेजी संसद्का नयाँ सभामुख र हान झेङ्ग उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img