spot_img
spot_img
spot_img

बुटवललाई स्वास्थ्य क्षेत्रमा उत्कृष्ट बनाउने योजना

spot_img

बुटवल ।

रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई स्वास्थ्य क्षेत्रमा उत्कृष्ट बनाउने गरी योजना अगाडि बढाएको बताउनुभएको छ। बुटवल उपमहानगरपालिकाको आयोजना, इन्द्रेणी ग्रामीण विकास केन्द्र नेपाल र फेयरमेडको साझेदारी र स्वास्थ्य तालिम केन्द्र लुम्बिनीको प्राविधिक सहयोगमा बुटवलमा आयोजित स्वास्थ्य सेवासम्बन्धि अभिमुखीकरण कार्यक्रम तथा स्वास्थ्यसम्बन्धि योजना तर्जुमा छलफल कार्यक्रममा बोल्दै उहाँले बुटवलको स्वास्थ्य क्षेत्रमा छिट्टै नै सुधार देखापर्ने बताउनुभएको हो।

बुटवलमा १६–१६ बेडका अस्पताल निर्माणको चरणमा रहेको बताउँदै उनले बाल तथा महिला अस्पतालका रुपमा आम्दा अस्पतालको स्तरोन्नति गर्ने र स्वास्थ्य जनशक्ति उत्पादनमा समेत लगानी गरिरहेको बताउनुभयो । २ दिन चलेको कार्यक्रममा स्वास्थ्य तालिम केन्द्र लुम्बिनीका निमित्त निर्देशक नोधनारायण चौधरी, बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डे, कल्पना भुसाल, इन्द्रेणी ग्रामीण विकास केन्द्रका अध्यक्ष महेन्द्र पाण्डे, वडा नम्बर ९ का अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक प्रदीप कुमार श्रेष्ठ, वडा नम्बर १२ का अध्यक्ष डिल्ली शर्मा उपाध्यायलगायतले बोल्दै स्वास्थ्य क्षेत्रमा बुटवललाई अब्बल बनाउनका लागि सबै क्षेत्रको सहकार्य जरुरी रहेको बताउनुभएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img