२७ फागुन, भैरहवा ।
नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा शनिबारदेखि सुपर फोरको खेल सुरु भएको छ । सुपर फोरको पहिलो दिनको खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लब विजयी भएको छ। लुम्बिनी खुकुरीले बीएम डब्लु वेष्टर्न क्रिकेट क्लबमाथि ८ विकेटको सानदार जीत निकाल्दै विजयी बनेको हो।
सिद्धार्थ रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको वेष्टर्नले निर्धारित ५० ओभरमा ३२.३ ओभर खेल्दै सबै विकेटको क्षतिमा १ सय ७ रनको झिनो योगफल बनायो। प्रतिउत्तरमा लुम्बिनी खुकुरीले २०।१ ओभरमा २ विकेटको नोक्सानीमा १ सय १० रन बनाउँदै जीत निकालेको हो। चैत ३ गतेसम्म चल्ने प्रतियोगितामा विजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन।