spot_img
spot_img
spot_img

प्युठानका ५ क्याम्पसमा ५ विद्यार्थी संगठनको भागबण्डा, कुन क्याम्पसको सभापति कसलाई?

spot_img

प्युठान । प्युठानमा रहेका ५ विद्यार्थी संगठनहरुले जिल्लाका सबै क्याम्पसहरुमा सहमतिले निर्विरोध रुपमा स्ववियु पदाधिकारी छनौट गर्ने सहमति गरेका छन्। साथै कुन क्याम्पसमा कसले नेतृत्व गर्ने भन्ने भागबण्डासमेत मिलाएका छन्।

आज बसेको जिल्लामा क्रियाशील ५ विद्याथी सगठनको नेतृत्वले यस्तो सहमति गरेका हुन। अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अखिल छैठौं र विप्लव निकट अखिल क्रान्तिकारीबीच तालमेल गर्ने सहमति भएको छ। नेपाल बिद्यार्थी संघ प्युठानका जिल्ला सभापति कल्याण विक्रम केसीले स्ववियु निर्वाचनमा चार विद्यार्थी सङ्गठनबीच प्युठानका ५ वटै क्याम्पसमा तालमेल गर्ने सहमति भएको जानकारी दिए।

उनका अनुसार एमाले निकट अनेरास्ववियुले सभापतिमा स्वर्गद्वारी बहुमुखी क्याम्पस पुर्ण्यखोला, नेपाल बिद्यार्थी संघले प्युठान क्याम्पस खलङ्गा र अमर क्याम्पस बाझिपुरमा पाउने छ भने अखिल छैठौले गौमुखी बहुमुखी क्याम्पस मच्छी र विप्लव निकट अखिल क्रान्तिकारीले झिमरुक बहुमुखी क्याम्पस बाग्दुला पाउने गरी सहमति गरिएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img