रुपन्देही ।
रुपन्देहीको सैनामैनामा झारफुकको बहानामा कुटपिट गर्दा एक किशोरीको मृत्यु भएको घटनामा प्रहरीले अहिलेसम्म १७ जनालाई पक्राउ गरेको छ । को को पक्राउ परेका हुन् भन्नेबारे भने प्रहरीले खुलाएको छैन । नीय १४ वर्षिया सीता ज्ञवालीलाई झारफुक गर्ने सैनामैना १० बस्ने २२ वर्षीया सोनिया रेश्मीलाई भने प्रहरीले पहिले नै पक्राउ गरिसकेको छ ।
आफूलाई माता बताउने सोनियाले किशोरीलाई भुइँमा लडाउने, शरीरमाथि चढेर कुट्ने, गालामा थप्पड हान्ने, घाँटीमा लात्ताले हान्ने, टाउको बटारिदिने गर्दा किशोरीको ज्यान गएको बताइएको छ । किशोरीको फागुन २० गते राति मृत्यु भएको थियो । सामाजिक सञ्जालमा आएको भिडियोमा कथित माताले किशोरीको अनुहारमा थुक्ने, खरानी ख्वाईदिने र लछारपछार गर्ने गरेको देखिएको थियो ।