२८ फागुन, भैरहवा।
मेलवर्न क्रिकेट क्लबले नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको सुपर फोरको खेलमा सानदार जित निकालेको छ । तिरुपति क्रिकेट क्लबले दिएको ९८ रनको झिनो लक्ष्य मेलवर्नले १ विकेट गुमाउँदै भेट्टायो र ९ विकेटको सानदार जित निकाल्यो । भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको तिरुपतिले निर्धारित ५० ओभरको खेलमा २२.४ ओभरमा ९७ रनमै अलआउट भयो ।
जवाफी ब्याटिङ गरेको मेलवर्नले १८.२ ओभरमा १ विकेटको नोक्सानीमा ९८ रन बनाउँदै जित निकाल्न सफल भयो । उसको जितमा सिद्धार्थ अधिकारीले नटआउट ३५ रन बनाउँदा रोशनलाल गुप्ताले २६ र विजय प्रजापतिले अविजित १९ रनको योगदान गरे । बलिङमा तिरुपतिका बसिर अहम्मदले १ विकेट लिए । मेलवर्नका रमेश कुर्मी म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भएका छन । चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् ।