प्युठान । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको सचेतकमा निमा गिरी नियुक्त भएकी छन्।दलका नेता डिल्लीबहादुर चौधरीले गिरीलाई सोमबार सचेतक नियुक्त गरेका हुन् । गिरीले यसअघि दलको नेतामा पनि आकांक्षा देखाएकी थिइन् । उनी प्यूठानबाट निर्वाचित समानुपातिक सांसद हुन । लुम्बिनी प्रदेशसभामा २७ सांसदसहित कांग्रेस दोस्रो दल रहेको छ ।
नेपाल विद्यार्थी संघबाट कांग्रेस राजनीतिमा उदाएकी गिरी चौधौ महाधिबेसनबाट नेपाली कांग्रेस लुम्बिनीकि सहमहामन्त्रीमा निर्वाचित हुन। उनि लगातार तीन पटक कांग्रेसको महासमिति सदस्यमा निर्वाचित युवा नेतृ हुन् ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??