spot_img
spot_img
spot_img

आजदेखि लागू हुने गरी दूधको मूल्य बृद्धि, लिटरमा ११ रुपैयाँले बढ्यो

spot_img

काठमाण्डौ ।

आज बिहीवारदेखि लागू हुने गरी दूधको मूल्यमा बृद्धी भएको छ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले आजदेखि नयाँ मूल्य प्रिन्ट भएको प्याकेट दूध बजारमा पठाएको हो । सरकारी निर्णयअनुसार किसानलाई बढेको मूल्य दिइसकेको र आजदेखि उपभोक्ताले नयाँ मूल्य तिर्नुपर्ने बताउदै दूधमा न्यूनतम १० देखि अधिकतम १६ रुपैयाँ बढेको डिडिसीले बताएको छ । धेरै उपभोक्ताले प्रयोग गर्ने निलो प्याकेटको मूल्य प्रतिलिटर ११ रुपैयाँ बढेको छ। दुग्ध विकास संस्थानका अनुसार यसअघि प्रतिलिटर ८६ रुपैयाँ रहेको निलो प्याकेटको मूल्य आजदेखि काठमाण्डौ, विराटनगर, जनकपुर र हेटौँडामा ९७ रुपैयाँ पर्नेछ।

त्यस्तै बुटबलमा ९४ तथा नेपालगञ्ज र धनगढीमा ९२ रुपैयाँ कायम भएको छ। त्यस्तै संस्थानले गाईको दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढाएको छ। आजदेखि गाईको दूधको मूल्य उपभोक्तालाई प्रतिलिटर १ सय १६ रुपैयाँ पर्नेछ । संस्थानले क्रिमयुक्त दूध (हरियो प्याकेट)को मूल्य प्रतिलिटर १६ रुपैयाँ बढाएको छ। हरियो प्याकेटको दूधको मूल्य उपभोक्तालाई प्रतिलिटर १ सय ३० रुपैयाँ पर्नेछ । त्यस्तै चिया दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढेर ९० रुपैयाँ भएको डीडीसीले जनाएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img