spot_img
spot_img
spot_img

आइशा गर्ल्स कलेजका ३७ जना छात्रा फजीलतको उपाधिसाथ बिदाई

spot_img

अजय मिश्र, कपिलवस्तु ।

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको आइशा गर्ल्स कलेजका ३७ जना छात्रालाई फजीलतको उपाधि साथ बिदाई गरिएको छ । विदाई कार्यक्रममा आइसा गर्ल्स कालेजका अध्यक्ष डा. मन्जुर अहमद खां, प्रमुख अतिथिमा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, विशिष्ट अतिथिमा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कृष्णनगर प्रमुख सुशील पौडेल, इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक नवराज ढुंगाना, विओपी कृष्णनगर प्रमुख सशस्त्र प्रहरी निरिक्षक जोगेन्द्र केसी, अतिथिमा दिनेश चन्द गुप्ता, अब्दुल रसीद मदनी, अब्दुल नूर रहनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मशहूद खां नेपालीले छात्रा हरूलाई आगामी यात्राको शुभकामना दिदै सार्क राष्ट्रमा आठ ओटा राष्ट्र रहेको जसमा चार ओटा मुस्लिम राष्ट्र रहेको र भारतमा दोस्रो स्थानमा मुस्लिमको जनसंख्या रहेको र अन्य तीनवटा राष्ट्रमा समेत मुस्लिमको जनसंख्या राम्रो नै रहेको बताउदै सार्क राष्ट्र स्तरमा मदरसामा अध्ययनरत छात्र, छात्रा लाई आधुनिक तथा साधारण लगायत अन्य शिक्षा जस्तै मदरसा शिक्षा लाई विस्तार गर्दै जानुपर्नै कुरामा जोड दिनुभयो । कार्यक्रममा बोल्दै आइशा गर्ल्स कालेजका शंरक्षक समीम अहमद नदवीले छात्रा हरको उज्जवल भविष्यको कामना गर्दै समाजवादी रहेको कुरिती र अन्धविश्वास हटाउन शिक्षाको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै दिनेश चन्द गुप्ताले आइशा गर्ल्स कालेज लामो समयदेखि छात्राको शिक्षामा योगदान दिदै आएको आफैमा संस्था प्रति सबैको उच्च सम्मान रहने बताउनुभएको छ । कार्यक्रममा बोल्दै डा। मन्जूरले आइशा गर्ल्स कालेज बाट पजीलतको पढाई गरेर जादै गरेको छात्रा लाई कालेजको राजदूत जस्तै भएर भूमिका निर्वाह गर्नुपर्ने साथै मदरसाको साथ सधै दिइरहन आग्रह गर्नुभयो । कार्यक्रममा मोहम्मद वसीर, खुर्शीद अहमद शल्फी, अब्दुल रशीद रियाजी, रियाज उमरी, सउद अखतर सल्फी, मोहम्मद असलम मदनी, प्रवेज याकूब मदनी, खालिद राशिद, अलताफ अहमद खां, अब्दुल समद खां नेपाली, अकिल अहमद, मोहम्मद अकरम आलीयाबी, अब्दुल शकूर मदनी, मोहम्मद आमीर, सहरोज अहमद लगायत रहेका थिए । कार्यक्रम सफल बनाउन अब्दुल सत्तारको महत्वपूर्ण भूमिका रहेको थियो िकार्यक्रम संचालन मौलाना एहसानूल्ला ले गरेका थिए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img