झविन्द्र देवकोटा, बुटवल ।
बुटवल–८ सुख्खानगरमा रहेको अक्सफोर्ड माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षकलाई सम्मान तथा विद्यार्थी विदाई कार्यक्रम सम्पन्न भएको छ । विद्यालयले आज शनिबार आयोजना गरेको कार्यक्रममा कक्षा ११ र १२ मा १० वर्ष सेवा पुरा गरेका तथा गुणस्तरीय शिक्षामा विशेष योगदान दिएका शिक्षकलाई सम्मान २३ शिक्षक कर्मचारीलाई विद्यालयले सम्मान गरेको हो । यस्तै कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरुले कक्षा १२ पुरा गरेका ८३४ जना सहपाठी विद्यार्थीहरुलाई विदाइ गरेका हुन् । मावि तहमा मानविकी, शिक्षा, विज्ञान र ब्यवस्थापन संकायमा अध्ययन गर्ने विद्यार्थीले सोही विषयका उपल्लोतहका अध्ययन गर्ने सहपाठि विद्यार्थीलाई सोही कार्यक्रममा विदाई गरेका हुन् ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय परिक्षा बोर्ड लुम्बिनी प्रदेशका प्रमुख रमाकान्त तिवारीले शिक्षा क्षेत्रमा नीजी क्षेत्रको योगदान महत्वपूर्ण भएको बताउनुभयो। शैक्षिक गुणस्तरीयता हासिल गर्न संस्थागत शिक्षालयहरुले खेलेको भुमिका महत्वपुर्ण रहेको उल्लेख गर्दै रुपन्देहीमा स्थापित अक्सफोर्ड लगायतका विद्यालयहरुबाट केही शैक्षिक संस्थाहरुले सिको गर्न जरुरी रहेको समेत बताउनुभयो । देशमा संस्कार सहितको शिक्षा अहिलेको आवश्यकता रहेको बताउदै उहाँले अवको शिक्षा सिपमुलक मात्र होईन ब्यवहारतय काम लाग्ने प्रकारको हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमा राष्ट्रिय परिक्षा वोर्डका अधिकृत बाबुराम भण्डारी, अक्सफोर्ड क्याम्पस सञ्चालक समितिका अध्यक्ष अजित खनाल, अक्सफोर्ड क्याम्पसका प्रमुख मनोज मरासीनी, अक्सफोर्ड माविका प्राचार्य दिनेश भुषाल, अक्सफोर्ड कलेजका प्राध्यापक सुमन भुषाल, नारायण सापकोटा, विष्णु खनाल, वीरबहादुर क्षेत्री, विद्यार्थीद्वय प्रशान्न केसी र सुदीक्षा भट्टराई लगायतले उच्च शिक्षा अध्ययनका लागि अग्रसर विद्यार्थीलाई शैक्षिक सफलताको शुभकामना दिनुभएको थियो । कार्यक्रममा विद्यालयले आयोजना गरेको सप्ताहव्यापी खेलकुद सहित अतरिक्त क्रियाकलापमा उत्कृष्ट प्रर्दशन गर्ने विद्यार्थी तथा राष्ट्रिपति रनिङ्ग शिल्डमा विभिन्न विधाका पदकहरु प्राप्त गर्ने खेलाडि विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको शिक्षक लक्ष्मण घिमिरेले जानकारी दिनुभयो ।विद्यार्थीले प्रस्तुत गरेको साँस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकार प्रमोद खरेलले आफ्ना विभिन्न चर्चित गितहरु गाएर शिक्षक विद्यार्थीलाई नचाउनुभएको थियो ।