spot_img
spot_img
spot_img

कञ्चनको वडा नं ४ र ५ मा रास्वपा वडा समिति गठन

spot_img

कञ्चन ।

रास्वपाको देशभरी नै सांगठनिक विस्तार गर्ने अभियान अन्तर्गत रुपन्देही जिल्लाका विभिन्न पालिकाहरुमा समिति गठन गर्ने कार्यलाई सो पार्टीले तिव्रता दिदै आइरहेको छ। यसैक्रममा रुपन्देहीको कञ्चनमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० वडा कमिटि गठन गरिएको छ। कञ्चन गाँउपालिकाको वडा नं ४ मा सागर श्रेष्ठको सयोजकत्वमा २७ सदस्यीय तथा वडा नंं ५ मा नवराज पौडेलको संयोजत्वमा २१ सदस्यीय वडा समिति गठन गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका डाक्टर बुद्धिप्रसाद शर्माले जानकारी दिनुभएको छ। दुवै वडा भेलालाई सम्बोधन गर्दै रास्वपाका लुम्विनी प्रदेश ईन्चार्ज गणेश पौडेलले कञ्चन गाउँपालिकामा रास्वपालाई सशक्त बनाउन आवश्यक सवै किसिमका सहयोग एवं हातेमालोको लागि तयार रहेको बताउँनुभयो।

यस्तै रास्वपाका युवा नेता डाक्टर बुद्धिप्रसाद शर्मा तथा कञ्चनका प्रेमचन्द्र पोखरेलले कञ्चनमा रास्वपाप्रति देखिएको उत्साहले यस जिल्लाभरी नै नया उत्साह र राजनीतिक प्रेरणा प्रदान गरेको उल्लेख गर्नुभयो। सागर श्रेष्ठको अध्यक्षतामा भएको भेलामा मन बहादुर थापा (मोती)ले कार्यक्रम सञ्चालन गर्नु भएको थियो भने भेला वडा नं. ४ को पूर्तिघाट बजारमा भएको थियो। यस्तै वडा नं। ५ को उत्तर भैसाही–मालिका मन्दिर टोलमा सम्पन्न भेलाको अध्यक्षता गंगाबहादुर केसीले गर्नु भएको थियो भने गिरी प्रसाद पुनले कार्यक्रम सञ्चालन गर्नु भएको कार्यक्रमहरुमा समाजका विभिन्न व्यक्तित्वहरुले सुझाव एवं शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img