२२औैँ तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिता प्रतियोगितामा आज भएको खेलमा बिजयी बन्दै थ्री स्टार क्लब सेमिफाइलनमा पुगेको छ । एन्फा टेक्निकल सेन्टर बुटवलमा भएको खेलमा थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो ।
थ्री स्टारले फाइनल प्रवेशका लागि अब बुधबार सुदूरपश्चिम–११ सँग खेल्नेछ । रुपन्देही जिल्ला फुटबल सङ्घको आयोजनामा भइरहेको प्रतियोगितामा ८ टिमको सहभागिता छ । उपाधि जित्नेले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??