भैरहवा ।
भैरहवा बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन समितिको आयोजनामा स्ववियु उमेद्वारहरु बिच परिचयात्मक कार्यक्रम गरिएको छ। कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट स्ववियु सभापति पदका उम्मेदवार सुग्रीम चाईले शिक्षामा नवउदारवादी नीतिकै कारण सरकारी क्याम्पसमा समेत महॅगो पढ्नु परेको बताउनुभयो । नेक्राविसंघका चाईले शिक्षालाई उत्पादन श्रमसॅग जोड्नु आवश्यक रहेको उल्लेख गर्दै विश्वविद्यालयको गलत शिक्षा नीतिकै कारण सम्बन्थित विषयमा पास गरेको विद्यार्थीले पनि थप तालिम लिएर मात्र काम गर्न सक्षम हुने गरेको चर्चा गर्दै नेक्राविसंघका चाइले विदेशमा जस्तै पढाइ र काम सॅगसॅगै लैजाने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । देशको सार्वभौमिकता र स्वाधीनता जोगाउन विद्यार्थीहरूले देशघाती एमसीसीको विरोध गर्नुपर्नेमा जोड दिंदै अध्यक्ष उम्मेदवार चाईले नेपाली भूमि डुबान हुनेगरी भारतले बनाएका तत्बन्धहरू भत्काउनु पर्ने बताउनुभयो।