spot_img
spot_img
spot_img

गैंडहवामा विद्यालयहरुको अनुगमन, शैक्षिक गुणस्तर कायम गर्न नियमित अनुगमन

spot_img

दीपक जैसवाल, गैडहवा ।

रुपन्देहीको गैंडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले गाउँपालिकामा रहेका विभिन्न सामूदायिक विद्यालय तथा निजी विद्यालयमा पुगेर अनुगमन गर्नुभएको छ । गैंडहवा गाउँपालिकामा जारी रहेको गाउँपालिका स्तरिय कक्षा ८ को परिक्षा केन्द्रहरुमा पुगी अध्यक्ष पौडेलले अनुगमन गर्नुभएको हो। विद्यालयको वास्तविकता थाहा हुने र सुधार गर्न सजिलो हुने र परिक्षालाई मर्यादित एवम सहज बनाउन विद्यालयमै पुगेर अनगुमन गरिएको अध्यक्ष पौडेलले बताउनुभयो। गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको बताउदै उहाँले विद्यालयमा केही कमीकमजोरी रहे गाँउपालिकामा जानकारी गराउन समेत आग्रह गर्नुभयो ।

कक्षा ८ को परिक्षा बिद्यार्थीहरुको पहिलो बोर्ड परिक्षा जस्तो भएकोले नआत्तिई परिक्षा दिन अध्यक्ष पौडेलले विद्यार्थीहरुलाई सुझाव दिदै अनुगमन समिति संयोजक समेत रहनु भएका अध्यक्ष पौडेलले पालिकाको शिक्षाको गुणस्तरमा बृद्धि गर्न समय समयमा विद्यालयहस्को अनुगमन भइरहने बताउनुभयो । गाउँपालिका उपध्यक्ष मधुरी जैसवाल, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पन्थी ,शिक्षा शाखा प्रमुख मधाव राज पौडेल पनि अनुगमनमा सहभागी रहनुभएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img